महोत्सव : सत्या अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
‘आहा मलाई मन पर्ने कवि, आज उहाँसँग धेरै कुरा सिक्न पाइने भयो ।’ उमाको खुसीको सिमा रहेन । दुई हात फैलाउदै बिन्दास भावमा सीमाको गाला मज्जाले तानी र भनी, ‘फेसबुकमा मात्र देखेको उहाँलाई आज त प्रत्यक्ष देख्न पाइने भयो । उहाँ त हजारौँ कविहरूको अभिभावक !
महोत्सवमा आउने सबै साहित्यप्रेमीहरुमा उल्लास छाएको थियो । पहिलो सत्र कविता वाचनबाट सुरु भयो । सहरका ख्यातीप्राप्त कविहरु लस्करै मञ्चासिन थिए । एक से एक कविहरूले आफ्ना दमदार कविता प्रस्तुत गरे । दर्शक दीर्घामा बसेकाहरू प्रस्तुती हेरेर हाँस्न अनि रुन पनि भ्याए । कार्यक्रम समाप्त हुनुपूर्व कविताहरूको भाव चिरफार गर्न उनै प्रतिष्ठित कवि आए । सहभागीहरू आफना कविताका कमी कमजोरीहरु सुन्न आतुर थिए । तर विडम्बना ! उनी विषयवस्तुभन्दा बाहिर गएर बोल्न थाले । खासखुस सुरू भयो ।
एउटा दर्शक जुरूक्क उठेर करायो, ‘विद्वान महाशय, हामी तपाईँका व्यक्तिगत आक्रोस र जलन सुन्न बसेका होइनौँ । विषयवस्तुमा प्रवेश गर्नुहोस् ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।