नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराईले उम्मेदवारी दिने

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराईले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराईले उम्मेदवारी दिने भएका छन ।

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको निकट भविष्यमा  काठमाडौँमा हुन लागेको महाधिवेशनमा  नेता भट्टराईले उम्मेदवारी दिने भएका हुन्  ।

नेपाल ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सङ्घर्षरत भट्टराईले गत महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवारी दिएका थिए  ।

को हुन् गणेश भट्टराई ?

विस २०२७ वैशाख ९ गते पिता केशवराज भट्टराई र माता किरणकुमारी भट्टराईको कोखबाट जेष्ठ  सुपुत्रका रुपमा काठमाडौँमा जन्मनुभएका भट्टराई  लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय रहेका छन  ।

विस २०५३ सालमा नेपाल शिक्षक संघ काठमाडौँ क्षेत्र नं २ को संयोजक भएर कुशलतापूर्वक ढंगले काम गर्नुभएका गणेश सोही समयमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रचार विभागको सदस्यसमेत रहेका थिए  ।

विस २०५५ सालमा नेपाल शिक्षक संघ काठमाडौँको सहसचिव भएर काम गर्नुभएका गणेश विस २०५८ सालमा नेपाल ट्रेड युनियन काठमाडौँको उपाध्यक्षमा निर्वाचित भएका थिए  ।

विस २०६४ सालमा नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्लाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँ दोस्रो कार्यकालका लागि २०६९ मा पुन  निर्वाचित भएका थिए  ।

दश वर्ष निरन्तर नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको नेतृत्व गरेका  कुशल संगठक भट्टराईले  दश वर्षको मजदुरको हक, हित र अधिकारका लागि २०० भन्दा बढी कार्यक्रम गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।