सुरक्षा भत्ता : ममता मृदुल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
‘चिया बसाल्न लागेकी छुँ, तपाईं खाने हो ?’ ढोकाबाट भित्र पस्न लागेको छिमेकी आमालाई सोध्दै निरुपाले दूध थपिन ।
‘हुन्छ’, झिनो स्वरमा जवाफ आयो ।
‘केही काम थियो कि धेरै दिनपछि आउनुभयो’, चिया हातमा दिँदै सोधिननानी एक हजार सापटी माग्न आएकी दबाई सकिएछ । छोरासँग कति माग्नु भत्ता आएपछि दिन्छु ।
निरुपाले एक हजार हातमा राखिदिइन ।
दस दिनपछि फेरि आमा साँझमा आउनुभयो, नानी सात सय छ भत्ता आउने बित्तिकै दिन्छु ।
हुन्छ आमा निरुपाले सात सय दिइन ।
‘धन्य सरकार सुरक्षाभत्ता दिएर आश दिएको छस नत्रकति स्वभिमानी यसै मर्ने थिए’मनमनै भनिन ।
तीन दिनपछि बिहानआमाफेरि आउनुभयो । आमा हलुवा बनाएकी छुँ खाने, निरुपाले सोधिन ।
हुन्छ ,
दूध गिलासमा हालिन र हलुवापनि सँगै दिइन ।
हलुवाको कचौरामा दूधहालेर खादैगर्दा आमाको आँखामा आँसु टिलपिल भयो ।
निरुपाले नदेखे जस्तो गरेर तरकारी काटिन । मन थाम्न गाह्रो भयो । हेरिरहन सकिनन् ।
आफू सुत्ने कोठामा आइन । भित्तामा मालालगाएर राखेको आमाको मुस्कुराइ रहेको फोटो हेरिरहिन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक