इम्पेरियल वर्ल्ड स्कुलमा विभिन्न पदका लागि कर्मचारी माग !
कपन अनलाइन
काठमाडौं, फागुन २६।
Imperial World Schoolले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। विद्यालयले जारी गरेको सूचनाअनुसार प्रशासनिक तथा शैक्षिक क्षेत्रका विभिन्न पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरिएको हो।
विद्यालयका अनुसार फ्रन्ट डेस्क अफिसर, अकाउन्ट अफिसर, टिचर लाइब्रेरियन, आईटी तथा सिस्टम एड्मिनिस्ट्रेटर, स्कूल नर्स, एड्मिन अफिसर र स्टुडेन्ट एनरिचमेन्ट कोअर्डिनेटर पदका लागि कर्मचारी आवश्यक रहेको छ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) इमेलमार्फत पठाएर आवेदन दिन सक्नेछन्। विद्यालयले आवेदन पठाउने इमेल ठेगाना [email protected] उल्लेख गरेको छ।
आवेदन दिने अन्तिम मिति २२ मार्च २०२६ तोकिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई छनोट गरी थप प्रक्रियाका लागि बोलाइनेछ।
विद्यालयले दक्ष जनशक्ति भित्र्याएर शैक्षिक तथा प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा कर्मचारी माग गरिएको जनाएको छ।
