काठमाडौँ महानगरपालिकामा “घर बहाल व्यवस्था निर्देशिका २०७९” जारी

काठमाडौँ महानगरपालिकामा “घर बहाल व्यवस्था निर्देशिका २०७९” जारी

कपन अनलाइन

काठमाण्डौ ,फागुन १५ ।

काठमाडौँ महानगरपालिकाले घर वहाल सम्बन्धी विवाद व्यवस्थापन गर्न  घर बहाल व्यवस्था निर्देशिका २०७९ जारी गरेको छ ।

घर बहाल व्यवस्था निर्देशिका २०७९ ले वहालमा लिने दिने दुवैको नागरिकता नम्बर, ठेगाना, बहालका सर्त सहितको सम्झौता गर्नु पर्ने प्रबन्ध गरेको छ । यसरी भएको सम्झौता वहाल लिने दिने दुवैले एक एक प्रति राख्ने र एक प्रति वडा कार्यालयमा बुझाउनु पर्नेछ ।

काठमाडौँ महानगरपालिकाका वडाहरुमा घर बहालको झमेला लिएर आउने उजुरीको संख्या धेरै रहेको छ लेनदेन, साँध सिमाना, झ्याल पर्खाल, मादक पदार्थ सेवन गरेपछि हुने झै झगडा, ढल निकास, सडक समस्या, श्रीमान श्रीमतीको मनमुटाव, जेष्ठ नागरिकलाई खानलाउन नदिएकोजस्ता समस्या लिएर वडामा उजुरीकर्ताहरु बढी आउने गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।