कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को व्यवसाय दर्ता तथा नविकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को व्यवसाय दर्ता तथा नविकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १५। कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले व्यवसाय दर्ता  तथा नविकरण गर्ने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।

वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोटमा व्यवसाय संचालन गरि बसेका वडाबासीहरुले आफुले गरेको व्यवसाय हाल सम्म पनि वडामा दर्ता नगरेको भए १५ दिन भित्र दर्ता गर्न  र दर्ता गरेर हाल सम्म नवीकरण नागेको भए नवीकरण गर्न समेत सुचनामा उल्लेख गरिएको छ । सुचनाको समय सिमा पश्चात निरिक्षण गर्दा दर्ता वा नवीकरण नगरेको पाइएमा नियम अनुसार कारवाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।