गोकर्णेश्वरमा अन्तर बिद्यालय  राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता शुरु

गोकर्णेश्वरमा  अन्तर बिद्यालय  राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता  शुरु

कपन अनलाइन

काठमाडौं, माघ २८ ।  स्वास्थ्यको लागि खेलकुद गोकर्णेश्वरको लागि खेलाडी भन्ने मूल नाराको साथमा अन्तर बिद्यालय  राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता  शुक्रबार बाट शुरु भएको छ ।   शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी स्थित श्री बाल सुधार माध्यमिक बिध्यालयमा एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका  प्रमुख दिपक कुमार रिसालले उद्घाटन गरेका हुन ।

राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख  दिपक कुमार रिसालले खेलकुदले विद्यालय–विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गरेका छन । बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए । उनले यस्ता प्रतियोगिताले बिध्यालय र बिद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावनाको विकास हुने बताउदै खेलकुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुको अभिलेखीकरण राखी अन्य प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व गर्दा त्यस्ता बिद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने पनि बताएका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,  गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप सचिब दण्डपाणी शर्मा बौद्ध प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  हरि बस्नेत,  गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका संयोजक संजय लामा लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि सहित बिद्यार्थीहरुको उपस्थिति रहेको थियो  ।आइतबार समापन हुने प्रतियोगितामा भलिबल र कबडी ,उसु, कराते  १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ भने, ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विधाहरु समावेश गरिएको आयोजकले जानकारी गराएको छ प्रतियोगितामा नगरपालिका भित्र संचालनमा रहेको बिभिन्न संस्थागत तथा सामुदायिक बिध्यालयका बिद्यार्थीहरुले सहभागिता जनाएका छन । उद्घाटन सत्रमा बिद्यार्थीहरुले मार्च पास  समेत गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।