१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु

१४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु

कपन अनलाइन

भक्तपुर,  माघ २८।

सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु भएको छ । महाविद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको आज महाविद्यालयका व्यबस्थापन प्रमुख महासेनानी नारायणबहादुर थापा र प्रिन्सिपल दलप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । उद्घाटन सत्रमा गौरिघाटस्थित मोक्षदा स्कुल र पेप्सिकोलास्थित अक्षरा स्कुलबीच भएको पहिलो खेलमा मोक्षदाले टस जितेर अक्षरालाई ब्याटिङ् गर्ने निम्तो दियो ।

खेलमा अक्षराले २० ओभरमा चार विकेट गुमाएर ११६ रनको योगदान बनायो । ११७ रनको तार्गेट पछ्याउदै मोक्षदा स्कुलले २ विकेटको क्षतिमा ११८ रन बनाउन सफल हुदै ८ विकेटले म्याच जित्न सफल भयो । मोक्षदाका संयम नेपालले छ० बल खेलेर अभिजित ७५ रन बनाउन सफल हुदै खेलको म्यन अफ दि म्याच घोषित हुन सफल भए ।

प्रतियोगिताको दोश्रो खेलमा आयोजक सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलबीच भएको थियो । यस खेलमा डिएभीले टस जितेर ब्याटिङ् रोज्यो र १० दशमलव ५ ओभरमा १० विकेट गुमाएर जम्मा ३६ रन बनाउन सफल भयो । आयोजक सैनिक स्कूलले ६ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाई ७ विकेटले म्याज जित्यो । यस खेलमा ५ विकेट लिदै जेसन अधिकारी म्यान अफ द म्याच घोषित भएका छन  ।

नौ स्कुलको १० वटा टिम सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म लिग चरणमा हुने र ११ औ दिनमा सेभिफाइन खेल हुने महाविद्यालयका खेलकुद विभागका संयोजक रनजित राणाले जानकारी दिए  । प्रतियोगिता विजेता टिमलाई नगद रु. एक लाखसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु. ५० हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिए  । त्यस्तै खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलरलगायतका पुरस्कार प्रदान गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।