गाँठी कुरो : प्रा.डा. कपिल लामिछाने (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १४ ।
गाउँको बीचमा ठुलो चहुर थियो । एक्कासी मैले अघिअघि सर्प पछिपछि भ्यागुतो चहुरको माझतिर लम्केको देखेँ । सर्प घरिघरि मुन्टो फर्काएर पछाडि हेर्दै थियो । मलाई भ्यागुताले सर्पलाई लखेटेको जस्तो लाग्यो । मेरा आँखा तिरमिराए र त्यतै गडिरहे।
एकै छिनमा यस्ता दृश्य अरु पनिथपिए ।
… अघिअघि बाघ पछिपछि रतुवा ।
… अघिअघि हुँडार पछिपछि खरायो ।
.. अघिअघि … पछिपछि …।
सबै त्यहीखुलाचहुरमाजम्माभए ।
कसैले कसैलाई झम्टेको वा आक्रमण गर्न खोजेको सम्म देखिएन । गजपको मिलाप देखेर मन लोभियो । तर त्यहाँकुनै न कुनै किसिमको रस्साकस्सी
भइरहेकै देखिन्थ्यो ।
म चकितभएँ । सारा ध्यान त्यतै खिचियो ।
दुईतिरबाट सिंह, एकातर्फबाट अजङको अजिङ्गरले दफनिरहेका थिएभने आकासमा चिलले फन्का मारिरहेको थियो ।
पत्रकारको धर्म जहाँ पनि जानैपर्ने । मैले अलि कनजिकगएर डराईडराई सोधेँ, ‘हैन ह्याँअकस्मात् के भैराछ ?’
गलाको फुर्के टाई मिलाउँदै हुँडारले भन्यो, ‘नमस्ते, म नै आजको प्रवक्ताहुँ । आजहाम्रो राष्ट्रिय मिलन अर्थात् भेला भइरहेको छ । … ?’
मैले बीचैमा प्रश्न गरेँ, ‘तपाईंहरू यहाँखाने खाइने सबै एकजुट हुनुभा’छ । यसको रहस्य जान्न पाएहुन्थ्यो ।’
जबाफमा उसले भन्यो, ‘तपाईंलाई थाहा छैन र पत्रकारज्यू ? सिंहदरबारबाट सिंह अपदस्थ भएको छ र यहाँ सत्ता रिक्तभएको छ । हामी त्यही सत्ता हातपार्न एकजुट भएकाहौँ । मैले पनि मिलिजुली मन्त्रालयको दाबी पेस गरेको छु । गाँठी कुरो यही हो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक