जीवनका पानाहरु : गंगा लिगल (कविता )

जीवनका पानाहरु : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

कलिला तिम्रा ओठहरुले
तिम्रा जीवनका पानाहरु
बिस्तारै पल्टाउदैछन्
फरफराईकन

तिम्रा जीवनका अतीतहरु दर्शाईरहेछन्
तिम्रा सुडौल अङ्ग प्रत्यङ्गले
तिम्रा सुकोमल नयनहरु आतुर छन्
दिन अभिव्यक्तिहरु

तिम्रा रेसमी सुनौला केशहरु
हावासँगै फरफराईकन
जीवनका आयामलाई ओकल्दैछन्

शिशुकालको अति आत्मीयता
अति स्वतन्त्रताले निम्त्याएका
उत्श्रृङ्खलताहरु हुन पुगेका छन्
जीवनका बिडम्बनाहरु

स्वतन्त्रता मानवाधिकार भन्न मिल्छ
तर उलङ्घनले जीवन
दल दलमा धमिलिन पुग्छ

यो वास्तविकतालाई अलिकति पनि
नजर गर्न र अन्दाज गर्न नसक्नाले
कलिला गुलाफलाई

सिमित घेरामा
काढाले आफ्नो परिवेशमा राख्न खोज्दाखोज्दै
अचानक,
धेरै फर्ल्यान्ङको उत्श्रृङ्खलताले गर्दा
सुवासपूर्ण फूल
आजत्यसमा
दुर्गन्ध मडारिरहेको छ

यता सुरक्षाकर्मी काढा
बिवश छन्
आफ्नो बिना नियमको हारमा
तर के गर्ने
गुलाफआँफै
विवश छ

पश्चातापको भुवरीमा
अमुल्यजीवनको
पाना त्यसै
प्रवाहित भैरहेछ
अमानवीय
धारा प्रवाहमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।