सम्बन्ध बिच्छेद : खगेन्द्र बस्याल (लघुकथा)

सम्बन्ध बिच्छेद : खगेन्द्र बस्याल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ १३।

उमाले आफ्नी साथी सिर्जनालाई अचानक यसो भनी ‘मैले सम्बन्ध बिच्छेद गरें नि।अरुलाई पनि यही सल्लाह दिन चाहन्छु ।’
सिर्जना झसङ्ग हुने नैं भई । यसैले जवाफदिई झ तैले जीवनको बाटो बिराइस् । अझै अरुलाई यस्तो सल्लाहदिने । कतै होस् त ठीक ठाउँमा छ ?’
उमाले भनी, ‘अहिले मेरो मनमा शान्ति र मुहारमा छाएको छैन र, अनि कसरी बाटो बिराएको भयो ?
म तेरो शुभचिन्तकको नाताले सही कुरा भन्न नपाउने त !’
सिर्जनाले भनी, ‘तर आजको सल्लाह सुन्नै नसकिने खालको रह्यो । तैपनि भन् त, तैंले के कारणले भगवान् जस्ता पतिसँग यस्तो निर्णय गरिस् ?’
उसले हाँस्दै भनी, ‘पतिसँग होइन नि ! मैले त आफ्नो रिसाउने बानी सँगपो सम्बन्ध बिच्छेद् गरेकीहुँ । तँपनि त्यो सँग सम्बन्ध बिच्छेद गरि अगाडि बढ् त,संसार कति सुन्दर छ ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।