बहाना : प्रभादेवी पौडेल (लघुकथा )

बहाना : प्रभादेवी पौडेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,पुस १६ ।

‘बानरुनू न भन्या, पीर हामीलाई पनि छ नि ! रोएर आमा फर्केर आउने भए त हामीपनि सँगै रुन्थ्यौं’ बुहारीले बृद्ध ससुराको आँसु पच्छ्यौरीको फुर्कोले पुछिदिदै भनिन् ।
हुनपनिपत्नीबित्दाशोभाकर यति रोए कि जुनआजसम्म बुढीको वियोगमा यसरी छोरा मान्छे रोएको कसैले देखेका थिएनन् । सबैको सामू छोराले पनिनिक्कै सम्झाएर भन्यो, ‘बा हजुर त हाम्रो अभिभावक ! हजुर नै यसरी विक्षिप्त भए हामी के गर्ने ?एकचोटि हाम्रो अनुहार पनि त हेर्नुहोस् ।’
छोरा बुहारीका कुरा सुनेर गाउँलेहरुले भने, ‘के गर्ने त विधिको विधान अघि पछि त हुनै पर्छ । यति धेरै मायामान्ने छोरा बुहारी छदैछन् ।’
काम उम्किएको भोलिपल्टै रातमा अचानक शोभाकरलाई निक्कै पेट दुख्यो । उनीआफ्नो कोठाबाट निस्केर
बुहारीको कोठा घच्घच्याउन पुगे। धेरै बोलाए पछि बुहारीले ढोका खोलिन् र झोक्किँदै भनिन्, ‘के भयो फेरि ?यसो झकाउन लागेकी थिएँ ।’
‘मलाई साह्रै पेट दुख्यो बिनिता, विजयकीआमाले के के राखेर पानी पकाइदिन्थी । खाएको एकछिनमा ठीक हुन्थ्यो ।’
अर्को दिनपनि ससुरा त्यसरी नै ढोकामा आएर ढकढक गरे । बुहारी जर्फराउँदै उठेर भनिन्, ‘कति ऋण खाएकी रहेछु यो घरको, यसो झकाउन लागेको के को सुत्नदिन्थें ?अर्भट्या बुढोले ।’
यसरी नै कहिले टाउको, कहिले पेट त कहिले जीउज्यान कर्करी खायो भनेर कहिले तातोपानी त कहिले तेल माग्न जानथाले, बुढा ।
एकदिनअचानक छोरो घर आइपुग्यो र बालाई भन्यो, ‘बा छिटो कपडा लगाउनुहोस् ।’
बाले खुशीहुँदै सोध्नुभयो, ‘बाबु कता घुमाउन लान लागेको मलाई ?’
‘घुम्नको लागि त व्यहोरा पनि हुनुपर्यो  नि !’
‘किन कपडा लाउने त ?’
‘हिजो रातीबुहारी पानी तताउ नजाँदा आफ्नो ओछ्यानमा तपाईं सुतेको देखेर सातो पुत्लो उडेछ । के गर्ने बा?बास त सार्नै पर्यो ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।