चार मुक्तक : उद्धव अविचल
कपन अनलाइन
काठमाडौँ, साउन १७।
तिमी जुका र छेपारो भन्दै सर्प देखाउँछौ
मेरो घडेरी र बिर्ता भन्दै खर्क देखाउँछौ ।
बाँचे सँगै बाच्ने मरे सँगै मर्ने त भन्छौ तर,
आफू स्वर्ग तरेपछी मलाई नर्क देखाउँछौ ।
मलाई थाहा छ सबैभन्दा माथि तारा हुन्छ,
त्यो भन्दा माथि मलाई तिम्रो सहारा हुन्छ ।
उस्ले नचिनेकोमा म कहिले दुख्दिन पक्का,
हात्तीको लुकाउने र देखाउने भिन्नै दारा हुन्छ ।
दुधलाई जोगाउन बिरालोले दुध कुर्छ तपाईलाई के मतलब ।
भष्ट्रचारी समाउन भष्ट्रचारी नै दगुर्छ तपाईलाई के मतलव ।।
देशमा के छैन सुन निस्कन्छ हिरा निस्कन्छ निस्कन्छ अरु नि,
फलाम देखा ’र उसले खानीलाई पुर्छ तपाईलाई के मतलब ।।
न उपचार हुन्छ तिमीबाट, घाउ आलो मात्र बनूँ र म कति ?
तिमी प्रेम चोर्दै हिँड्छौ बेक्कार गोठालो मात्र बनूँ र म कति ?
न उम्रन्छ पिरतीका टुसा कतै, न रोपिन्छ मायाको खेती पनि,
ब्यर्थ सम्बन्ध फलाउने बाहानामा कोदालो मात्रा बनूँ म कति ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
