अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने आँखा क्लिनिक “भिजन कन्सर्न” अब माकलबारीमा पनि

कपन अनलाइन

काठमाण्डौ ,पुस १६ ।

भिजन कन्सर्न अब माकल्बारीमा पनि बौद्ध , चावहिल, लाजिम्पाटको दास टावर स्थित चर्चित ‘भिजन कन्सर्न आँखा क्लिनिक’को चौथो शाखा ‘भिजन कन्सर्न माकलबारी ‘ले अन्तराष्ट्रिय गुणस्तर चिन्ह ISO 9001:2015 प्राप्त गरेको छ।

लाजिम्पाटको दास टावरमा रहेको यस ‘भिजन कन्सर्न अप्टिक्स एण्ड आई क्लिनिक’ नेपालको दृष्टि उपचारमा अन्तराष्ट्रिय गुणस्तर चिन्हबाट प्रमाणित हुने पहिलो र एकमात्र आँखा क्लिनिक तथा अप्टिकल हाउस हो।

बेलायत, फ्रान्स तथा जर्मनबाट आयातित अत्याधुनिक चश्मा तथा लेन्स लगायत नेपालमै पहिलो पटक भित्रिएको नयाँ पावर ग्लास ग्राहकवर्गहरूका लागि आकर्षणको प्रमुख केन्द्रविन्दु रहने स्रोतले बताएको छ।

अनुभवी आँखा चिकित्सक र अप्टोमेट्रिस्टको टिमले अत्याधुनिक मेसिनद्वारा दैनिक आँखा जाँच गरिने यस क्लिनिकले अनलाइन सपिङ र होम डेलिभरीको पनि व्यवस्था गरेको छ।

तपाइँको प्रतिक्रिया ।