स्व :डा. कुसुमाकर शर्मा गौतम (लघुकथा)

स्व :डा. कुसुमाकर शर्मा गौतम (लघुकथा)

कपन अनलाइन
काठमाडौँ, साउन १७।
समयमै तोकिएको स्थानमापुगिँदैन कि भनेर बेचैनी बढ्यो ।
गुगलम्याप्स यापमाठेगाना राखेँ । नक्शामा म पुरस्कृत हुने स्थान देखियो । दूरी हेरेँ । आधा घण्टामा पुगिन्छ भन्ने जानकारी मोबाइलको पर्दामा झुल्कियो ।
समयअझै बाँकी रहेछ । प्रफुल्लित मुद्रामामोबाइलको पर्दामा औँला दौडाउन थालेँ ।
चोरऔँला र बुढीऔँलाको दूरी बढाउँदै नक्शामाजूमइनगर्दा मेरो र छर छिमेकका घरहरू प्रस्ट देखिए । मनमनै सम्झेँ, ‘छर छिमेकमा म पुरस्कृत हुने कुराले इतिहास रच्ने भयो । म जस्ता अरू कोहीजन्मेका रहेनछन् अहिलेसम्म !’
चोरऔँला र बुढीऔँलाको दूरी घटाउँदै जूमआउट गरेँ । नक्शा सानो भयो । मेरो घर नदेखिएर म बस्ने शहर देखियो । अझै जूमआउट गर्दा प्रान्तको नक्शा देखियो । शहरको त नाममात्रै देखियो । एवम् रितले जूमआउट गर्दैजाँदानक्शामा रातो थोप्लो मात्रै देखियो ।
औँलाचलाउँदै जाँदा पृथ्वीको ग्लोब पनि सानो भयो र रातो थोप्लो पनिअदृश्य हुनथाल्यो । झ्याप्प मेरा औँलाचल्नै छोडे ।
म भने विलाउँदै गएको रातो थोप्लोभित्र समेटिएका दश अरबकाबीचमाआफूलाई खोज्दै थिएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।