विश्वास : जेबी खत्री (लघुकथा)
कपन अनलाइन
काठमाडौँ, साउन १७।
तीनवर्ष पहिलेको कुरा, कार्की कान्छो छानो छाउन लाछी माथि चढेको थियो । चैत बैशाकको चर्को घाम । खलखलीपसिनाले उसको शरीर निथ्रुक्क भिजेको थियो । निधारबाट झरेको पसिनाले आँखा हेर्न भएको थिएन । छाउँदाछाउँदै ऊ एउटा हातले अर्कोहात समातेर समातेको हात झुण्डाउँदै बुरुक्कउफ्रेर आतिएर घरको बलेसिनिर आइपुग्यो । त्यहीँथुचुक्कै बसेको मान्छे मलाई सापले टोक्यो भनेर छटपटाउँन थाल्यो ।
घरपरिवार सबै आतिए । वल्लाघर–पल्लाघर छरछिमेकी भेलाभए । सबैले उसलाई सापले टोकेको ठाउँमा गएर सापखोजे । यताउता अन्छाइ–पन्छाइ हेरे ।कतै साप देखेनन् । उनीहरूले अड्कल काटे ।उसलाई सापले टोकेको होइन । सापले नै टोकेको भए त एकछिन्को एकछिन्मा त्यो सापकहाँ जान्छ ?त्यहीँहुनुपर्ने । वरिपरि सबैतिर खोजिसके । कतै छैन । त्यसपछि आएर उसलाई सम्झाए । कान्छा तँलाई सापले टोकेको होइन । तँलाई त्यस्तो लागेको मात्रहो । तँलाई खरको ठुटाले घोचेको हुनुपर्छ । तँलाई भ्रमप¥यो । कोही सम्झाउँनथाले । कोहीहाँसेर उडाउँन थाले । खरको ठुटाले घोचेको रहेछ । सापले टोक्यो भन्छ भनेर, कस्तो आतिएको ।
त्यसपछि ऊ जुरुक्क उठ्यो । उसलाई साँच्चै आफूलाई सापले टोकेको होइन रहेछ क्यार जस्तो लाग्यो । सापले टोकेको मान्छे यसरी उठ्छ कतै भनेर झन् सबै गलल्लहाँसे । उसले सोच्यो । हो मलाई सापले टोकेको होइन रहेछ । जुइनो कस्दा खरको ठुटाले नै घोचेको पो रहेछ,क्यार । उसले यस्तै ठान्यो ।
तीनवर्ष पछि कार्की कान्छो फेरि उसरी नै त्यो छानो छाउँन लाछीमाथि चढ्यो । चैत वैशाकको उस्तै चर्को घाम । पसिनाले शरीर उसरी नै निथ्रुक्क भिजेको थियो । उसले सम्झ्यो । तीनवर्ष पहिले मलाई यही ठाउँमा सापले टोकेको थियो । यसो हातउचालेर हे¥यो । औँलामापहिलेको सानो पुरानो सेतो खतथियो । उसले खर झिक्दै जाँदा भेट्टायो । त्यहीँ खरको मुठाको जुइनो कस्दा उसलाई सापले टोकेको थियो । उसले विस्तारै त्यो खरको मुठो पल्टायो । मुनिबाट जुइनोले कसिएर मरिरहेको अवस्थामा साप भेट्टायो । साप घामले सुकेर परालको त्यान्द्रो जस्तो भएको थियो । उसले मनमनै भन्यो, तीनवर्ष पहिले मलाई यही सापले टोकेको थियो । त्यतिबेलामलाई टोक्ने सापयहीहो ।
उसले आफूलाई तीनवर्ष पहिले टोकेर मरेको त्यान्द्रो जस्तो सुकेको त्यो साप टिपेर ल्यायो र सबैलाई देखाउँदै भन्यो, परारको सालमलार्इं टोक्ने सापयहीहो देख्यौ ? यो सापले मलाई त्यतिबेला टोकेकै हो । त्यसपछि ऊ तीनवर्ष पहिले सापले टोक्दा जसरी नै छटपटाउँन थाल्यो । छटपटाउँदा–छटपटाउँदै एकैछिन्मा उसले आफ्नो देह त्याग ग¥यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
