अमरसिंह माध्यमिक विद्यालयमा भौतिकशास्त्र विषयका लागि आंशिक शिक्षकको माग !

अमरसिंह माध्यमिक विद्यालयमा भौतिकशास्त्र विषयका लागि आंशिक शिक्षकको माग !

कपन अनलाइन
काठमाडौँ, साउन २०।

पोखरा महानगरपालिका–१२, रामघाटस्थित श्री अमरसिंह माध्यमिक विद्यालयले भौतिकशास्त्र विषयमा आंशिक शिक्षकको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार रिक्त पद पूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

सूचना अनुसार विद्यालयले माध्यमिक तहको भौतिकशास्त्र विषयमा एक जना आंशिक शिक्षक (अस्थायी/करार) नियुक्ति गर्न लागेको हो। इच्छुक व्यक्तिहरूले साउन २५ गते बिहान १०:०० बजेसम्म विद्यालयमा आवेदन दिन सक्नेछन्।

पद विवरण:

  • पद: आंशिक शिक्षक (भौतिकशास्त्र)

  • तह: माध्यमिक (नियत श्रेणी)

  • सेवा प्रकार: अस्थायी/करार

  • संख्या: १ जना

योग्यता:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तहको अध्ययन सम्पन्न गरेको

  • न्यूनतम १८ वर्ष र अधिकतम ४० वर्ष उमेरहद

परीक्षा विधि:

  • कक्षा अवलोकन तथा अन्तर्वार्ता (आवश्यक परेमा प्रयोगात्मक परीक्षा पनि हुन सक्नेछ)

अन्य विवरणहरू:

  • दरखास्त दस्तुर: रु. १२००

  • दरखास्त दिने अन्तिम मिति: २०८१ साउन २५ गते

  • परीक्षा मिति: २०८१ साउन २६ गते

  • परीक्षा स्थान: श्री अमरसिंह मावि, पोखरा–१२, रामघाट

आवश्यक कागजातहरू:

  1. नागरिकताको प्रतिलिपि – १ प्रति

  2. शैक्षिक योग्यताको प्रमाणपत्र र सक्कल प्रमाणपत्रको प्रतिलिपि – १/१ प्रति

  3. शिक्षक सेवा आयोगबाट प्रमाणित स्थायी नियुक्ति नपाएको प्रमाणपत्र – १ प्रति

  4. अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने

थप  जानकारीको लागि विद्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।