श्री सरस्वती माता माध्यमिक विद्यालयमा अस्थायी शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौँ, साउन २०।
अर्घाखाँचीको मालारानी गाउँपालिका–९, ठाडाखोला स्थित श्री सरस्वती माता माध्यमिक विद्यालयले तृतीय श्रेणी अन्तर्गत माध्यमिक तहमा एक जना अस्थायी (करार) शिक्षकको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयमा रिक्त रहेको माध्यमिक तह (विज्ञान विषय) शिक्षक पद पूर्तिका लागि योग्य र इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
पद विवरण:
-
पद: माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक
-
विषय: विज्ञान
-
पद संख्या: १ जना
-
सेवा अवधि: करार (अस्थायी)
-
शैक्षिक योग्यता: स्नातक तह उत्तीर्ण (१०+२ वा सो सरह) विज्ञान संकायमा योग्यता हासिल गरेको
-
उमेर सीमा: न्यूनतम १८ वर्ष र अधिकतम ४० वर्ष
-
सेवा शर्त: नेपाल सरकारको तोकिएअनुसार
-
दरखास्त दस्तुर: रु. १५०० (एक हजार पाँच सय रुपैयाँ)
महत्वपूर्ण मिति र विवरणहरू:
-
दरखास्त दिने म्याद: साउन १६ गतेदेखि साउन ३० गतेसम्म कार्यालय समयभित्र
-
परीक्षा मिति: २०८१ भदौ १ गते
-
परीक्षा केन्द्र: विद्यालयकै परिसर
-
परीक्षा प्रकार: लिखित, मौखिक तथा आवश्यकताअनुसार प्रयोगात्मक
दरखास्तसँग संलग्न गर्नुपर्ने कागजातहरू:
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
-
दरखास्त दस्तुर बुझाएको रसिद
-
आवश्यक भएअनुसार अनुभव प्रमाणपत्र
विद्यालयले सम्पूर्ण योग्य उम्मेदवारलाई समयमै दरखास्त दिन अनुरोध गरेको छ। छनोट सूचीमा परेका उम्मेदवारबाट मात्र अन्य आवश्यक कागजातहरू माग गरिने सूचनामा उल्लेख गरिएको छ।
थप जानकारीको लागि विद्यालयको फोन नम्बर ९८४७३१४१०३ / ९८४७३९२२२१ मा सम्पर्क गर्न सकिनेछ वा इमेल [email protected] मा जानकारी प्राप्त गर्न सकिनेछ।
