कागेश्‍वरी मनोहरा नगरपालिकालाई खेलकुद नगर (स्पोर्टस सिटी) बनाउन सम्भाव्यता अध्ययन गरिदै

कागेश्‍वरी मनोहरा नगरपालिकालाई खेलकुद नगर (स्पोर्टस सिटी) बनाउन सम्भाव्यता अध्ययन गरिदै

कपन अनलाइन

काठमाडौं मंगसिर २८ । कागेश्‍वरी मनोहरा नगरपालिकालाई खेलकुद नगर (स्पोर्टस सिटी) बनाउने प्रक्रिया अघि बढाइएको छ। नगरपालिकाका प्रमुख  उपेन्द्र कार्कीले निर्वाचनअघि नै कागेश्‍वरी मनोहरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता गरेका थिए, सोही प्रतिबद्धता अनुसार उनले कामको थालनी गरेका हुन्।

यसअघि नगर प्रमुखको संयोजकत्वमा नगरपालिकालाई स्पोर्टस् सिटीका लागि काम गर्न ११ सदस्यीय समिति गठन गरिएको थियो। कागेश्‍वरी मनोहरा खेलकुद नगरी सम्भाव्यता अध्ययन एवं समन्वय समितिको सोमबार बसेको बैठकले चाँडै नै सम्भाव्यता अध्ययनको काम अघि बढाउने निर्णय गरेको छ ।

यससँगै खेलकुद पूर्वाधार निर्माणका लागि सार्वजनिक जग्गा पहिचान गर्ने, पूर्वधार निर्माणका लागि सहयोग गर्न दातृ निकायसँग समन्वय र छलफल अघि बढाउने, नेपालमा रहेका दूतावाससँग समन्वय गरेर विदेशमा रहेका खेलकुद हब भएका सहरको अध्ययन गर्ने लगायतका विषयमा पनि सोमबारको बैठकमा छलफल भएको नगरपालिका प्रमुख  तथा समिति संयोजक कार्कीले जानकारी दिएका छन्।  उनले नगरपालिकाले गरेको कामको बिषयमा प्रदेश र संघिय सरकार संग समन्वय भईरहेको जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।