सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं मंगसिर २८।   राजधानीको चन्द्रागिरीस्थित सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाकाे अध्यक्ष बिमला पाैडेलकाे अध्यक्षता एबं चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख आतिथ्यतामा प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा सञ्चालित सहकारीहरूले गरिबी निवारणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

नगर प्रमुख गिरीले सहकारीले पुरातन प्रणालीमा निक्षेप लिने लगानी गर्ने,व्याज लिने मात्रले सहकारीको विकाश हुन नसक्ने भएकाेले मानव समसाधनकाे विकास,आय आर्जन गर्ने सक्ने बनाइ आर्थिक विकास गर्ने तर्फका कार्यक्रम गर्दै जानु पर्ने बताए । कार्यक्रममा बाेल्दै चनपा १५ का वडा अध्यक्ष घनश्याम लुईंटेलले सहकारीका माध्यम बाट आम नागरिकको जीवन स्तरलाई मजबुत बनाउन लाग्नु पर्ने बताए । कार्यक्रममा माधव प्रसाद भुसाल,हरि आचार्य,हरिकुमार कार्कीले सहकारीको मर्म र भावनामा रहेर सहकारी आम नागरिकहरूकाे आर्थिक समृद्धि केन्द्रित हुने पर्नेमा जाेड दिए । कार्यक्रम भिम कुमारी खत्री बिनुले सञ्चालन गरेकी थिईन ।

सहकारीले आर्थिक वर्ष ७८/७९काे काेषाध्यक्ष इन्दिरा खड्काद्वारा लेखा प्रतिवेन,लेखा सुपरिवेक्षण संयाेजक भूपाल थापा द्वारा प्रतिवेदन र आउदाे वर्ष ७९/८०काे लागि लेखा परिक्षक नियूक्ति सम्वन्धि छलफल र पारित पश्चात अध्यक्षबाट मन्तव्यका साथ सभा सम्पन्न भएका थियाे ।

तपाइँको प्रतिक्रिया ।