मंसिर ४ गतेसम्म साधारण सभा नगर्न सहकारीलाई निर्देशन
कपन अनलाइन
काठमाडौं कात्तिक २१ ।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आचार संहिता सहकारीलाई पनि लागू भएको छ ।अब सहकारी संघ/संस्थाको साधारण सभा निर्वाचन अघि गर्न नपाउने भएको छ ।
बागमती प्रदेश भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक बिज्ञप्ति जारि गर्दै आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता लागु रहेको अवधिमा बागमती प्रदेश भित्र रहेका कतिपय सहकारी संघ/संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि. प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन आएकोले सो कार्यबाट निर्वाचन आचार संहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकोले २०७९ मङ्सिर ४ गते सम्म कुनैपनि साधारणसभा नगर्न ,नगराउनहुन सबै सहकारी संघ संस्थाहरुलाई यहि सुचना मार्फत जानकारी गराइएको उल्लेख गरिएको छ ।