गगन थापालाई सार्वजनिक बहसमा आउन बुढानिलकण्ठ नगर प्रवक्ता नवराज भट्टराईको चुनौती
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१।
बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराईले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापालाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई संगै घरदैलोमा भएको एउटा भिडियो सार्वजनिक गर्दै उनि माथि विभिन्न तल्लो स्तरका शव्द प्रयोग गर्दै आरोप लगाइए पछी आक्रोसित बनेका प्रवक्ता भट्टराईले क्षेत्रका विभिन्न मुद्दामा थापा संग बहस गर्न तयार रहेको सामाजिक संजाल मार्फत जानकरी दिएका हुन्।
कपन डुबानको समाधानको निमित्त बक्स कल्भर्ट, नगर अस्पताल निर्माण, मेलम्चि खानेपानी, करिडोर निर्माण लगायतका विषयमा आफु खुल्ला बहस गर्न तयार रहेको भन्दै विकासप्रेमी र इमान्दार नेता डा. राजन भट्टराईका लागि १ पटक हैन हजार पटक मत माघ घरदैलोमा जाने चेतावनी समेत दिएका छन ।
तपाइँको प्रतिक्रिया ।