कागेश्वरी २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुदै

कागेश्वरी २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे  हुदै

कपन अनलाइन

काठमाडौं कात्तिक १६ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट तिर्थ चोक देखि वडा नं १ को सिमाना सम्मको सडक कालोपत्रे हुने भएको छ ।बिगत लामो समय देखि बन्न नसकको उक्त सडक वडा अध्यक्ष सुरज खड्का लगायत जन प्रतिनिधिको पहलमा कालोपत्रे गर्ने कामको आज बाट शुभारम्भ भएको हो।

उक्त सडक नबन्दा त्यस क्षेत्रका स्थानीयले बर्खामा हिलो र हिउदमा धुलोको सास्ती खेप्दै आएका थिए भने तत्कालिन समय उक्त सडक बनाउन दबाब दिन स्थानीयले सडक मै धान रोपेर समेत बिरोध प्रदर्शन गरेका थिए । त्यति गर्दा पनि  सडक  निर्माणमा ढिला सुस्ती भए पछि  वडा अध्यक्ष सुरज खड्काको पहलमा आज नगर प्रमुख सहित जनप्रतिनिधि स्थानीय र सम्बन्धित निर्माण कम्पनिका ठेकेदारहरु संग छलफल गरिएको थियो। छलफल पश्चात आज बाट नै कालोपत्रे गर्ने कामको  शुभारम्भ गरिएको पनि  वडा अध्यक्ष सुरज खड्काले कपन अनलाइनलाइ जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।