काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा कुसुम कुमार कार्की : २०७४ र २०७९ का तिन फरक संयोगहरु …….
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १७।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुसुम कुमार कार्की अहिले चुनावी अभियानमा सक्रिय रहेका छन। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कार्की दोश्रो पटक प्रदेस सभा सदस्य उम्मेदवार बनेका हुन।
लामो समय नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका कार्की पार्टी विभाजन भए संगै नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष बनेका थिए। नेकपा एस र गठबन्धनको उम्मेदवार बने संगै दोहोरो जिम्मेवारीले संगठन र चुनावी अभियानमा अशर पर्ने भन्दै सो जिम्मेवारी हस्तान्तरण गरेर चुनावी अभियानमा सक्रिय बनेका कार्कीका तिन फरक संयोगहरुका वारेमा यहाँ चर्चा गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कार्कीका यी तिन संयोगहरु केहि व्यक्तिगत ,केहि प्राविधिक र राजनीतिक रहेका छन।
संयोग नं १ : २०७४ मा चस्मा सहित २०७९ चस्मा रहित
सार्वजनिक र राजनीतिक जिम्मेवारीमा रहेपनि हरेक मान्छेका व्यक्तिगत सौखहरु रहेका हुन्छन। कुसुम कुमार कार्कीको एउटा विशेष सौखका वारेमा २०७४ साल मंगसिर ४ गते कपन अनलाइनले एउटा समाचार प्रकासित गरेको थियो। त्यो समाचार कार्कीको चस्मा मोहका वारेमा थियो जसमा कार्कीको चस्मा प्रतिको व्यक्तिगत रुचिका वारेमा चर्चा गरिएको थियो।
उक्त चुनावका अधिकांश प्रचार प्रसार सामाग्री,कार्यक्रम,घरदैलो र सभाहरुमा समेत कार्की चस्मा सहित उपस्थिति हुने गरेका थिए। तर यस पटक कार्कीले चस्मा थन्काएका छन। उनका कुनै पनि प्रचार सामाग्रीहरुमा चस्मा बिनाको तस्विर प्रयोग गरिएको छ भने उनि स्वयं पनि बिना चस्मा कार्यक्रममा उपस्थित हुने गरेका छन।
हेर्नुहोस २०७४ मंगसिर ४ गते प्रकासित समाचार :
कुसुम कुमार कार्कीको चस्मा मोह
संयोग नं २ : २०७४ मा सुर्य र २०७९ मा कलम चुनाव चिन्ह
२०७४ सालमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनावी मैदानमा उत्रिएका कार्की यस पटकको प्रदेस सभा सदस्य निर्वाचनमा कलम चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेका छन।
२०७४ सालमा उनको प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका साधुराम खड्का अहिले उनको प्रचार प्रसारमा सक्रिय देखिएका छन भने त्यसवेला उनलाई जिताउन सक्रिय रहेका नेकपा एमालेका जयराम थापा उनको प्रतिस्पर्धी बनेका छन।
संयोग नं ३ : २०७४ मा बाम गठबन्धन र २०७९ मा लोकतान्त्रिक गठबन्धन
काठमाण्डौ क्षेत्र नं ४ (२ ) नेकपा एसको भागमा परे संगै कार्की अहिले पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका छन। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार बनेका विजयी बनेका कार्की अहिले फरक चिन्ह र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन।
पहिलो कार्यकाल बागमती प्रदेस सभाको सदस्य रहँदा कार्कीले पर्यटन,उद्योग लगायतका क्षेत्रमा कानुन निर्माणमा सक्रिय रहेका थिए।