नेकपा एमाले काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरु मतदाताको माझमा

नेकपा एमाले काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरु मतदाताको माझमा

कपन अनलाइन

काठमाडौं कत्तिक १६ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आउन लागेको अर्को राष्ट्रिय पर्व  आम  निर्वाचन सबैतिर चर्चाको विषय  बनेको छ । यसका निम्ति निर्वाचन आयोगलगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन  । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन  बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त  भएका हुन ।   बिभिन्न राजनीतिक दल र  स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता संग भेटी आफ्नो पक्षमा मत मागिरहका छन ।

 त्यस्तैमा नेकपा एमाले काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरु पनि   अहिले पार्टीको बिभिन्न कमिटिको बैठक, ब्यक्ति ब्यक्ति सँगको भेटघाट र आन्तरिक तयारी र व्यवस्थापनलाइ तिब्रता दिईरहेका छन  । निर्वाचन आचारसंहिताअनुसार कात्तिक १८ बाट मात्रै चुनावी सभा गर्न पाइनेछ । अहिले भने २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न सक्ने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा  पुगिरहेका छन ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार मणिराम फुयाल रहेका छन भने प्रदेश(१)मापुर्व बागमती प्रदेश सभाका सभामुख  सानुकुमार श्रेष्ठ र प्रदेश (२) मा शंखरापुर नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका सुवर्ण श्रेष्ठ रहेका छन तिनै जनाले अहिले भेटघाट कार्यक्रमलाइ तिब्रता दिईरहेका छन।

 नेकपा एमाले काठमाडौं क्षेत्र नं २ (२) का उम्मेदवार शंखरापुर नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका सुवर्ण श्रेष्ठले  मतदाता भेटघाट कार्यक्रम प्रभावकारी बनिरहेको  बताएका छन । आफू पहिलो पटक  प्रदेश सभा सदस्यको उम्मेदवार भएकोले  मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन भेटघाट गरिरहेको  बताएका छन  ।  अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा  मुद्दा  सुनाएको  श्रेष्ठले  बताएका छन  ।उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरिरहेका  छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका उम्मेदवार यसपटक मतदातालाई भिन्न शैलीमा  प्रस्तुत भइरहेका छन  ।

तपाइँको प्रतिक्रिया ।