म काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा गठबन्धनको आधिकारिक उम्मेदवार हु : महेश्वर फुँयाल (विवेक)

कपन अनलाइन

काठमाडौं असोज ३१।

नेकपा माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेस सभा सदस्यका उम्मेदवार महेश्वर फुँयाल (विवेकले ) काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवार रहेको बताएका छन।

पाँच दलीय गथाबन्धनले काठमाण्डौ क्षेत्र नं ३ (२) नेकपा माओवादी केन्द्रको भागमा पर्ने निर्णय गरे संगै प्रदेस सभा सदस्यमा उम्मेद्वरी दर्ता गराएका नेता फुँयालले अन्तिम समयमा नेपाली कांग्रेसले उम्मेद्वारी दिनु गठबन्धनको मर्म विपरित रहेको बताएका छन।

काठमाण्डौ क्षेत्र नं ३ (२ )  मा गठबन्धन बन्न नसके पछि नेकपा  माओवादी केन्द्रले प्रतिनिधि सभा र दुई प्रदेस सभामा उम्मेद्वार उठाएको छ भने गठबन्धन भन्दा बेग्लै निर्वाचन अभियान समेत संचालन गरिरहेको छ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुबैले उम्मेद्वारी दिएको अवस्थामा निर्वाचन अभियानमा समेत अन्यौल र भ्रम भइरहेको अवस्थामा फुँयालले आफुलाई आधिकारिक उम्मेदवार भएको बताए संगै काठमाण्डौ क्षेत्र नं ३ मा गठबन्धनको भविष्य माथि पनि प्रश्न चिन्ह खडा भएको चर्चा चल्न थालेको छ।

काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा फुँयाल संगै नेकपा एमालेका रामेश्वर फुँयाल र नेपाली कांग्रेसका बिमल ठकुरीले उम्मेद्वारी दर्ता गरेर निर्वाचन अभियानमा रहेका छन।

दुई नगरपालिकाका  १० वटा वडा रहेको यस निर्वाचन क्षेत्रका ८ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।

काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १११४७ रहेको छ भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९४५४ रहेको छ । निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमाले १६५३ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२ , नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले १३१४ मत प्राप्त गरेका छन ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका रामेश्वर फुँयाल निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका बिमल ठकुरी निकटतम प्रतिद्वन्दी रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।