गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं  बार्षिक साधारण सभा सम्पन्न

गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं  बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

 काठमाडौँ, असोज ३१।

गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं  बार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा -४ मा रहेको कार्की पार्टी प्यालेसमा भएको उक्त साधारण सभामा पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल प्रमुख अतिथी रहेका थिए भने नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्की  सहकारी अभियन्ता पुस्प बहादुर पौडेल,लगायत अतिथि रहेका थिए ।

 

संस्थाका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अमृत धमला ,सचिव शैलेन्द्र श्रेष्ठ ,कोषाध्यक्ष पूर्ण बहादुर तामांग ,सदस्यहरु ,बुद्ध श्रेष्ठ ,नवराज देउजा ,शर्मिला खत्री, डिल्लीबहादुर गुरुङ, ,हरिराम श्रेष्ठ ,लेखा समिति संयोजक यादव प्रसाद लामिछाने, भोला नाथ तिमिल्सिना, दिनानाथ पोख्रेलकर्जा उप समितिका संयोजक अमृत बहादुर धमला, सदस्य अमृत बरुवाल  इश्वरीराज पराजुली लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिका वडा नं ४ को कित्ता नं १४८ मा करिव ७ आना क्षेत्रफलमा भवन निर्माण गरेको उक्त संस्थाले वडा नं ६ चुचेपाट्टीमा सदस्य सुविधा काउन्टर संचालन गर्दै आएको छ ।

५  करोड ५१  लाख ७१ हजार ५ सय सेयर पुजी रहेको सो संस्थाले गोरेटो विशेष बचत साधारण बचत ,आवधिक बचत नारी बचत, बाल बचत, क्रमिक बचत, ज्येष्ठ नागरिक बचत , जस्ता विभिन्न योजनाहरु संचालन गर्दै आएको छ ।

कार्यक्रममा संस्थाकाका अध्यक्ष कृष्ण बहादुर खत्रीले आर्थिक बर्ष २०७८/७९को बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै  संस्थाले समय सापेक्ष सुचना प्रबिधिलाइ आत्मसात गर्दै सदस्यहरुलाई प्रवाह गर्ने सेवालाइ आधुनिकीकरण गर्दै सदस्यहरुको सहजताको लागि गोरेटो स्मार्ट एप मोबाइल बैकिङ,को साथै निकट भबिष्यमा नै सम्पूर्ण शेयर धनी सदस्यहरुको समस्यालाई मध्य नजर गरि देश बाहिर बाट आएको रकम निकाल्न र देश भित्र रकम पठाउन र निकाल्न सकिने विप्रेषण सेवा को साथै गोरेटो डेबिट कार्ड र एटिएम  को सुबिधा दिने कार्य योजना रहेको समेत जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर तामाङले आर्थिक बर्ष २०७८/७९को वित्तीय प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक यादब प्रसाद लामिछानेले आर्थिक बर्ष २०७८/७९को लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा उत्कृष्ट बचत, ऋणी लगायत शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।