हामीले गरेको काममा लोगो र फोटो टास्दैमा सचेत जनताले पत्याउनेवाला छैनन : डा.राजन भट्टराई

हामीले गरेको काममा लोगो र फोटो टास्दैमा सचेत जनताले पत्याउनेवाला छैनन : डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौं असोज ३१।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले नेकपा एमालेको नेतृत्वमा भएका कामहरुमा लोगो र फोट राखेर प्रचार गर्दैमा क्षेत्र नं ४ का सचेत जनताले नपत्याउने बताएका छन।

रास्ट्रीय र स्थानीय सरकारको नेतृत्वमा रहदा काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको नेतृत्वमा भएका कतिपय पूर्वाधार र विकास निर्माणका कामहरुको फोटो र भिडियो खिच्दै नेपाली कांग्रेसका उम्मेदवारले आफुले गरेको भनेर प्रचार गरेकोकामलाई जनता झुक्काउने हास्यास्पद प्रयासको संज्ञा दिदै डा. भट्टराईले त्यस्ता सस्ता प्रचारले जनताको आँखामा छारो हाल्न नसकिने धारणा राखेका हुन् ।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीको आयोजनामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै डा.भट्टराईले कमल पोखरी,धोवीखोला कोरिडोर ,बुढानिलकण्ठका ७ मुख्य पार्कहरु, मेलम्ची खानेपानी आयोजनाको विस्तार , वडा नं १०,११ र १२ मा निर्माण भैरहेको बक्स कल्भर्ट निर्माण ,वडा नं ८ मा अन्तिम चरणमा रहेको बक्स कल्भर्ट निर्माण र बुढानिलकण्ठ नगर अस्पताल जस्ता पूर्वाधारहरु निर्माण गरेर भनेर नेपाली कांग्रेसका उम्मेदवारले प्रचार गर्नु दिउसै रात पार्ने प्रयास मात्र रहेको बताएका छन।

आफुले २०७४ सालको निर्वाचन अभियानमा रहदा जिते पनि हारे पनि जनताको माझमै रहने प्रतिवदत्ता ब्यक्त गरेको स्मरण गर्दै डा.भट्टराईले कतिपय योजनाहरुको बजेट गठबन्धन सरकारले काटेकोमा दुख व्यक्त समेत गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ को चुनावी मैदानमा रहेका प्रतिस्पर्धीले आफुले पहल गरेको भनेर गलत प्रचार गरेका हरेक योजना निर्माणमा नेकपा एमालेको सहभागिता र भूमिका रहेको भन्दै उनले हरेक योजनाको वारेमा खुल्ला बहस गर्न समेत तयार रहेको बताएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।