ओखलढुंगे उचालेर गगन थापा हराउन रामहरी खतिवडा लागेको हल्लापछि एकै मंचमा दुई नेता

कपन अनलाइन

काठमाण्डौ ,असोज ११।

ओखलढुंगा जन्मथलो भएर काठमाण्डौ क्षेत्र नं ४ का मतदाता रहेका ओखलढुंगेहरुलाई उचालेर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई हराउन केन्द्रीय सदस्य रामहरी खतिवडा सक्रिय रहेको समाचारले राजनीतिक माहोललाई  तरंगित बनाई रहेको समयमा दुई नेता एकै मंचमा देखिएका छन।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा काठमाण्डौको नवदुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा दुवै नेता एक साथ देखिएका हुन्।

एक प्रभावशाली अनलाइन न्युज पोर्टलले भोज नै गरेर खतिवडा महामन्त्री थापा हराउन लागेको समाचार प्रकासित गरे संगै विभिन्न शंका , आशंका र अनुमानहरुले क्षेत्र नं ४ का ओखलढुंगे समुदाय तरंगित बनेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ र विशेषत कपन क्षेत्रमा बाक्लो र प्रभावशाली शंख्यामा रहका ओखलढुंगे  मतदाताहरुमा अन्यौल र शंसय पैदा भएकोले महामन्त्री थापालाई कार्यक्रममा निम्ता गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले जानकारी दिएका छन।

स्वयम् पार्टीका महामन्त्रीलाई नै निमन्त्रणा गरेर हल्लालाई निराधार सावित गर्न आयोजना गरिएको सो कार्यक्रममा थापा र खतिवडा संगै केन्द्रीय सदस्य प्रदिप सुनुवार ,जिल्ला सभापति तेजेन्द्र खनाल , उपसभापति नबराज केसी सहित जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।