भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
कपन अनलाइन
काठमाण्डौ ,असोज ११ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ।
सो आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ।
एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख छ।
प्रचार प्रसारका बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ।
त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ।