एकता जेम्स कलेजको अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तिमा रहेको एकता जेम्स प्लस टु कलेजमा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत,अभिमुखीकरण तथा परामर्शकार्यक्रम सम्पन्न गरेको छ । भाद्र २ र ३ गते गरि दुइ दिन सम्म भोटेचौर स्थित हेभेन हिल रिसोर्टमा आवासीय रुपमा  सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता एकता जेम्स स्कुल प्लस टु कलेजका भाइस प्रिन्सिपल सुवर्ण प्रकाश पुलामी मगरले गरेका थिए ।

कार्यक्रममा इसानका पुर्व अध्यक्ष एबम होलि एन्जल्स स्कुलका प्रिन्सिपल राजकुमार श्रेष्ठ, इसानका बरिष्ठ सल्लाहकार बालमुकुन्द कार्की, इसान  कागेश्वरी मनोहरा अध्यक्ष कुमार अधिकारी, उत्प्रेरक तथा संचारकर्मी रमेश प्रसाई  गायक सचिन राइ लगायत कलेजका बिषयगत शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा  एकता जेम्स नै उत्कृष्ट शैक्षिक गन्तव्य ठानी भर्ना भएका विद्यार्थीहरुलाई एकता जेम्सका  भाइस प्रिन्सिपल सुवर्ण प्रकाश पुलामी मगर लगायत बिद्यालय परिवारका सदस्यहरुले खादा ओडाई स्वागत गरेका थिए ।

बिद्यार्थीहरुले स्वागत गीत तथा नृत्य मार्फत मनोरंजन प्रदान गरेको कार्यक्रममा   २०७८ सालको एस ई ई परिक्षामा उत्तीर्ण भइ एकता जेम्सको  कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिदैं कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृष्ट  हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा समेत जानकारी गराइएको थियो ।अभिमुखिकरण कार्यक्रममा बिषयगत  शिक्षकहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा  जानकारी गराएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै कलेजका भाइस प्रिन्सिपल सुवर्ण प्रकाश पुलामी मगरले हरेक बर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहेको एकता जेम्सले कक्षा ११ र १२ को परीक्षामा पनि उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने, गुणस्तरीय शिक्षामा जोड दिने र सक्षम, योग्य र व्यावसायिक नागरिक तयार पार्न प्रयत्नशील रहने जानकारी गराएका थिए । उनले बिद्यार्थीको आवश्यकतालाइ  सहजै व्यवस्था गर्ने भन्दै अतिरिक्त क्रियाकलाप पनि कलेजले प्राथमिकतामा राखेको  बताए । उनले पढाई प्रति जिम्मेवार र लगनशील हुन सबै बिद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा उत्प्रेरक तथा संचारकर्मी रमेश प्रसाई ले जीवनउपयोगी प्रेरक भनाइ सहित थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको संघर्ष अनि सफलताको कथा प्रस्तुत गर्दै विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।कार्यक्रममा गायक सचिन राइले गित मार्फत मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा इसानका पुर्व अध्यक्ष एबम होलि एन्जल्स स्कुलका प्रिन्सिपल राजकुमार श्रेष्ठ, इसान  कागेश्वरी मनोहरा अध्यक्ष कुमार अधिकारी, लगायतले शुभकामना मन्तब्य सहित मिहेनत गरेर अध्ययन गर्न सुझाब दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।