बुढानिलकण्ठ शैक्षिक मंचको आयोजनामा तेश्रो तीज नृत्य प्रतियोगिता हुने

बुढानिलकण्ठ शैक्षिक मंचको आयोजनामा तेश्रो तीज नृत्य प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, भाद्र ८।

बुढानिलकण्ठ शैक्षिक मंचको आयोजनामा तेश्रो तीज नृत्य प्रतियोगिता हुने भएको छ। बुढानिलकण्ठ नगरपालिकाका ३४ वटा विद्यालयहरुको सहभागितामा हुने सो प्रतियोगिता भाद्र ११ गते सनिवार हुनेछ।

नगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुढानिलकण्ठ पार्टी प्यालेसमा हुने सो प्रतियोगितामा मौलिक तीज गीतहरुमा नृत्य  हुने जानकारी दिदै मंचका अध्यक्ष कृष्णप्रसाद लामिछानेले विद्यार्थीहरुको रचनात्मक र सृजनशील क्षेमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताएका छन।

तेश्रो तीज नृत्य प्रतियोगितामा कक्षा १० सम्मका छात्राहरुको सहभागिता रहेको बताउदै कार्यक्रम संयोजक तथा मंचका कोषाध्यक्ष धनेन्द्र बस्नेतले प्रतियोगिताका नियमहरु र कार्यक्रमका वारेमा जानकारी दिएका थिए।

मंचका सचिव प्रदिप कट्टेलले संचालन गरेको सो पत्रकार सम्मेलनमा नगरपालिका शिक्षा शाखाका इन्द्र प्रसाद दाहाल र रुद्र कार्की सहित सहभागी विद्यालयहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

नगरपालिकामा सक्रिय रहेका शैक्षिक संस्थाका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको बुढानिलकण्ठ शैक्षिक मचंले २०७५ र २०७६ सालमा क्रमस पहिलो र दोश्रो तीज नृत्य प्रतियोगिता सम्पन्न गरिसकेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।