काठमाण्डौ क्षेत्र नं ३ मा गठबन्धन चर्चा : धरापमा सांसद कृष्ण राई

कपन अनलाइन

काठमाडौँ, भाद्र ८।

मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि  काठमाण्डौ क्षेत्र नं ३ मा गठबन्धनको कसरत सुरु भए संगै सांसद कृष्ण राईलाई चुनाव जित्न निकै कठिन हुने देखिएको छ।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ बाट नेकपा एमालेका कृष्ण राई विजयी बनेका थिए भने नेपाली कांग्रेसकी अम्बिका बस्नेत उनको निकटतम प्रतिद्वन्दी रहेकी थिइन् ।

सो निर्वाचनमा राईले १९१६९ मत प्राप्त गरेका थिए भने बस्नेतले १४८८४ मत प्राप्त गरेकी थिइन्। अघिल्लो निर्वाचनमा ४२८५ मत अन्तरले विजयी बनेका राई २०७९ सालको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाममा पछाडी देखिएका छन।

काठमाण्डौ महानगरपालिकाको एक ,कागेश्वरी मनोहरा नगरपालिकाका तिन र गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ७  वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन भने ५  वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन।यस निर्वाचन क्षेत्रमा एक वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

निर्वाचन आयोगको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले कुल १५७९५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले १४८७४ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२,नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल मत १३१४ प्राप्त गरेका छन।

यस क्षेत्रमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विच गठबन्धन बन्दा वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १८५८१ हुन्छ भने नेकपा एमाले र राप्रपा गठबन्धन बनेको खण्डमा दुई पार्टीको कुल मत १६१८८ रहेको छ।

काठमाण्डौ क्षेत्र नं ३ का वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा पाँच दलीय गठबन्धन नेकपा एमालेको गठबन्धन भन्दा २३९३ मतले पछाडी देखिन्छ। यदि यस क्षेत्रमा नेकपा एमाले र राप्रपा विच गठबन्धन नबनेको खण्डमा पाँच दलीय गठबन्धन नेकपा एमाले भन्दा ३७०७ मतले अगाडी रहेको छ।

केन्द्रमा गठबन्धनको बैठक र छलफल तीव्र भए संगै काठमाण्डौ क्षेत्र नं ३ मा पनि चुनावी गठबन्धनको पहल सुरु भएको छ। यस क्षेत्रमा २०७४ सालमा प्रतिनिधि सभा र एक प्रदेस क्षेत्रमा विजयी बनेको नेकपा एमालेका सम्भावित उम्मेदवार कृष्ण राईलाई सकस पर्ने विश्लेषण गर्न थालिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।