बुढानिलकण्ठमा भ्रस्टाचार विरुद्ध ३० हजार बढी हस्ताक्षर संकलन : भोलि १३ वटै वडामा ज्ञापनपत्र बुझाउने

बुढानिलकण्ठमा भ्रस्टाचार विरुद्ध ३० हजार बढी हस्ताक्षर संकलन : भोलि १३ वटै वडामा ज्ञापनपत्र बुझाउने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी अन्तर्गत रहेका १३ वटै वडा कमिटीले महँगी र भ्रस्टाचार विरुद्ध संकलन गरेको हस्ताक्षर साउन २५ ( भोलि ) वडा अध्यक्ष मार्फत प्रधानमन्त्रीलाई बुझाइने भएको छ।

साउन २०,२१ र २२ गते वडा कमिटीहरुले विभिन्न स्थानमा संकलन गरेको ३० हजार भन्दा बढी नगरवासीको हस्ताक्षर वडा कार्यालयमा बुझाउने योजना रहेको जानकारी दिदै नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले संचार गरेको अभियानमा निकै उत्साहप्रद सहभागिता रहेको बताएका छन।

भोलि बिहान ११ बजे वडा कमिटीको आयोजनामा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी बन्नका लागि नगरवासीमा अनुरोध गर्दै डंगोलले अवको ध्यान ,समय र सम्पूर्ण कार्यक्रम मंगसिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।