नेपाल स्काउटको चौथो लिडर ट्रेनर (डिप्लोमा) र आठौं असिस्टेन्ट लिडर ट्रेनर तालिम सम्पन्न

नेपाल स्काउटको चौथो लिडर ट्रेनर (डिप्लोमा) र आठौं असिस्टेन्ट लिडर ट्रेनर तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन २४/नबीना श्रेष्ठ

नेपाल स्काउटले ऐतिहासिक चौथो लिडर ट्रेनर (डिप्लोमा) र आठौं असिस्टेन्ट लिडर ट्रेनर (प्रमाणपत्र) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिमहरू WAGGGS र युनिसेफ नेपालको सहयोगमा आयोजना गरिएको थियो। लिडर ट्रेनर (डिप्लोमा) रुक्मिणी श्रेष्ठ र सुचिता सैंजु लिडर ट्रेनर र असिस्टेन्ट लिडर ट्रेनरका कोर्ष लिडर थिए ।

लिडर ट्रेनर कोर्समा १४ सहायक लिडर ट्रेनर र सहायक लिडर कोर्समा ३४ एडभान्स गर्ल लिडरहरूको सक्रिय सहभागितामा तालिम पाठ्यक्रमहरू समापन भएको छ। २९ जुलाई २०७९ देखि ४ अगस्ट २०७९ सम्म पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ, काठमाण्डौमा तालिम पाठ्यक्रमहरू आयोजना गरिएको थियो। तालिममा ७ वटा जिल्लाहरुबाट सहभागी भएका छन्। काठमाडौं, भक्तपुर, ललितपुर, झापा, सिन्धुपाल्चोक, रामेछाप,रोल्पा सम्मका स्काउटरहरु सहभागी रहेका थिए।

हाम्रो देश नेपालमा केहि परिवर्तन आएसंगै नेपाल स्काउटमा पनि अलि केहि परिवर्तन भएको लिडर ट्रेनर (डिप्लोमा) कोर्षका कोर्ष लिडर रुक्मिणी श्रेष्ठले बताउनुभयो।अबका दिनमा PTC,एदभांस,डिप्लोमा, जुनसुकै तालिममा पनि गर्ल्सहरु अगाडि हुनुपर्ने श्रेष्ठले बताए।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उनले समापन समारोहलाई सम्बोधन गर्दै  गरिब निमुखा बालबालिकाहरुलाई समेतिने भनेको पहिलो सस्था नेपाल स्काउट हो। त्यसैले सधैं ती बालबालिकालाई समेटिने बताएका थिए ।

नेपाल स्काउटको आवासिय तालिममा मलेसिया र माल्दिभ्सबाट पनि स्काउटरहरु उपस्थित रहेको थियो।

तपाइँको प्रतिक्रिया ।