२०७४ को प्रतिनिधी सभा निर्वाचन : काठमाण्डौ क्षेत्र नं ४ मा २१ उम्मेदवार,कसको कति मत ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

आगामी मंगसिर ४ गते  हुने  प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको  चुनावी माहोल तात्न थालेको छ। आम निर्वाचन आउन ५ महिना केहि दिनको समय रहेको अहिलेको अवस्थामा आकांक्षीहरुले आन्तरिक तयारी र दौडधुप सुरु गरिसकेका छन।

नेपालकी रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको निवास रहेको काठमाण्डौ क्षेत्र नं ४ उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको पनि निर्वाचन क्षेत्र हो।

हरेक आम निर्वाचनमा निकै चर्चामा रहने यस क्षेत्रमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री  गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई उम्मेदवार रहेका थिए।सो निर्वाचनमा थापाले २१,५५८ र  डा.भट्टराईले १८,१४० मत प्राप्त गरेका थिए। सो निर्वाचनमा ३,४१८ मत अन्तर रहेको थियो।

२०६४,२०७० र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा २१ जना उम्मेदवार रहेका थिए।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा रहेको यस निर्वाचन क्षेत्रमा कुन उम्मेदवारले कति मत ल्याएका थिए ?

१.गगन कुमार थापा -२१,५५८

२.डा. राजन भट्टराई -१८,१४०

३.सुबुना बस्नेत -३,०४०

४.गोवर्धन खड्का -१५४

५.तुलसीराम सिवाकोटी -१३३

६.यम बहादुर प्यांगु -११२

७.केशर बहादुर खड्का -८८

८.हरिशरण आचार्य -६३

९.कृष्णमान श्रेष्ठ -४८

१०.बिर बहादुर श्रेष्ठ-४३

११.सोनाम सिंह तामाङ -३८

१२.चेत बहादुर आले -२८

१३.दिप विक्रम बिस्ट -२०

१४.नवराज थापा : १८

१५.हरी पराजुली -१५

१६.मुस्कान पौडेल -१०

१७.मनोज कुमार दंगाल -९

१८.आशिष श्रेष्ठ – ८

१९.माधव केसी -६

२०.देवी प्रसाद आचार्य -६

२१.रबिन्द्र देव ढकाल -२

 

तपाइँको प्रतिक्रिया ।