निरिह मानिस : कविता दाहाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन १४।

जे रोपे सबले जगतमा पहिले त्यही आयो बढेर
लैजान्छ पक्कै हिसाव गरी माथमा चढेर
नजानी गरे मानिसले गल्ती या गरे जानेर
प्रकृति दोहन अति नै पेवा झैं ठानेर ।।१।।

चल्दै थ्यो सृष्टि प्रकृति वृष्ठि अर्मितको गर्दैथिन्
घोलेर विष खाइदिने देखि अचम्म पर्दैथिन् ।
धर्तीका पाउना मिली रमाउन जानेन् कहिले
तेरो र मेरो पापको घेरो बढ्दैछ अहिले ।।२।।

मै मात्रै भन्ने एक्लियो आज आखिरी पलमा
धन र जन लागेनन् काम उ प¥यो छलमा ।
छातीमा हात राखेर आज अन्तिम सास तान्दै छ ।
प्रकृति आउँछिन् हिसाब खोज्न यो कुरा जान्दै छ ।।३।।

आफन्त हेरी अन्तिम श्वास फेर्ने चाहना पालेर
ऊ तान्न समेत सक्तैन श्वास निरन्तर फालेर ।
आफूलाई बाहेक अन्यत्र हेर्न थिएन कहिले ज्ञान ।
ऊ मर्नु अघि ईश्वर सम्झी गरोस सही ध्यान ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।