गजल : तिला लेकाली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन १४।
तिमी भात बन्नु म पानी बनौला
तिमी ठुलो बन्नु म सानी बनौंला
तिमी आधा बन्नू म आधा भएर
मिलेर दुबै भाग्यमानी बनौँला
बनाएर यो घर मन्दिर जस्तै
तिमी देव र म भवानी बनौँला
पराले ठूलो भव्य दर्बार हाम्रो
तिमी राजा बन्नू म रानी बनौँला
अहो सृष्टि चक्र मरी जाने चोला
चढेर चितामा खरानी बनौँला
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।