गोकर्णेश्वर नगरपालिका वडा नं ७ को सामाजिक सुरक्षा भत्ता नवीकरण गराउने बारे सूचना

कपन अनलाइन

काठमाडौँ, साउन ३ ।  गोकर्णेश्वर नगरपालिका  वडा नं ७ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नाम नवीकरण गराउने बारे सार्वजनिक सुचना जारि गरेको छ। वडा सचिब श्रीराम कालिका द्वारा जारि गरिएको उक्त सुचनामा सामाजिक सुरक्षा नियमावली २०७३ले व्यवस्था गरे बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं७  भित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभगाहीहरुले वडा कार्यालयमा स्वयं उपस्थित भई मिति २०७९ भाद्र मसान्त सम्म सामाजिक सुरक्षा भत्ता कार्ड लिइ  निम्न कागजात सहित सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

आवश्यक कागजात

१) नवीकरण निवेदन।

२) सामाजिक सुरक्षा भत्ता कार्डको प्रतिलिपि ।

तपाइँको प्रतिक्रिया ।