शंखरापुर नगरपालिकाको सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, साउन ३। शंखरापुर नगरपालिकाले सार्वजनिक सुचना जारि गरेको छ। शाखा अधिकृत सुभद्रा पुडासैनीले जारि गरेको उक्त सुचनामा शंखरापुर नगरपालिकाको भौगोलिक सिमा क्षेत्र भित्रका सबै सरकारी, सार्वजनिक, पार्टी जग्गाहरु, बन क्षेत्र ,नदि नाला एबम तिनले चर्चेको क्षेत्र, धार्मिक पुरातात्विक ऐतिहासिक महत्वका मठ मदिर, तिर्थस्थल एबम सो सम्बन्धमा पछि नेपाल सरकारले भू उपयोग कार्यक्रम संचालन हुने स्थानीय तहको नाम र मिति खुलाई नेपाल राजपत्रमा सुचना प्रकाशन गरे पश्चात भू उपयोग नियामावली २०७९ नियम ८ को अनुसूची १ मा उल्लेखित आधार समेतलाई दृष्टिगत गरि बर्गिकरणको प्रक्रियालाइ थप प्रष्ट एबम बस्तुगत बनाउने गरि हाललाई नगरपालिकाको मिति २०७९ साउन १ को स्थानीय भू उपयोग परिषदको निर्णय वडा नं ५,६, ७,र ९ मा स्मार्ट सिटिको अवधारणा ,पूर्वी काठमाडौं नयाँ शहरी आयोजना स्थापना गरि कार्य आरम्भ भईरहेको सन्धर्भ समेतको आधारमा शंखरापुर नगरपालिकाका बसोबास गर्ने कुनै ब्यक्ति/ फर्म/ संस्थाले आफ्नो जग्गा कृषि योग्य, कायम गर्न माग गरि अभिलेखमा कृषि योग्य कायम गरिदिन भनि लिखित निवेदन ,जग्गा धनि पुर्जा र नागरिकताको प्रतिलिपि सहित सम्बन्धित वडा कार्यालयमा कार्यालय समयमा मिति २०७९ साउन १६ गते भित्र पेश गर्न सार्वजनिक सुचना मार्फत जानकारी गराएको उल्लेख गरिएको छ ।