कागेश्वरी मनोहरा नगरपालिकाले हैजा रोग नियन्त्रणको लागि जनचेतना मुलक कार्यक्रम अघि बढायो

कागेश्वरी मनोहरा नगरपालिकाले हैजा रोग नियन्त्रणको लागि जनचेतना मुलक कार्यक्रम अघि बढायो

कपन अनलाइन

काठमाडौं साउन ३ ।  काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेसँगै कागेश्वरी मनोहरा नगरपालिकाले  सतर्कता अपनाउन  नगर बासीलाइ आग्रह गरेको छ। नगरपालिकाले हैजा रोग नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा जनचेतना मुलक कार्यक्रमलाइ अघि बढाएको छ। हैजा तथा वर्षायाममा फैलने झाडापखाला लगायतको रोग रोकथामको नगरले पालिकाका बिभिन्न स्थानमा माइकिंग गर्नुको साथै जनचेतना मुलक पोस्टर टाँस  समेत गरेको छ ।  त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख   उपेन्द्र कार्कीले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेका हुन।   उनले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन  अनुरोध गर्दै  प्रदूषित खानेपानीमा  हैजा लगायतका रोग हुन सक्ने भएकोले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन्।

झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न पनि उनले नगरबासीलाइ  आग्रह गरेका छन । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि उनले आग्रह गरेका छन ।

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखीएमा नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान पनि उनले आग्रह गरेका छन । त्यसै गरि नगरपालिकाले पनि हैजा रोग रोकथामको लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी गराएका छन । कागेश्वरी मनोहरा नगरपालिकाले हैजा रोग नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा जनचेतना मुलक कार्यक्रमलाइ अघि बढाएको छ। हैजा तथा वर्षायाममा फैलने झाडापखाला लगायतको रोग रोकथामको नगरले पालिकाका बिभिन्न स्थानमा माइकिंग गर्नुको साथै जनचेतना मुलक पोस्टर टाँस  समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।