काउकुती लाउने भूत बालकथा सङ्ग्रह केलाउँदा : अरुणबहादुर खत्री ‘नदी’ (पुस्तक समिक्षा)

काउकुती लाउने भूत बालकथा सङ्ग्रह केलाउँदा : अरुणबहादुर खत्री ‘नदी’ (पुस्तक समिक्षा)

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

साहित्यकार एवं कथाकार गङ्गा कर्माचार्य पौडेलको काउकुती लाउने भूत नामक बालकथा सङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनका अठ्ठाइसवटा सङ्ग्रह निस्किसकेका छन् । यस भित्र उनीद्वारा लेखिएका काउकुती लाउने भूत, प्रेमको नयाँ घर, ल्यापटपले ल्याएको खुसी लगायत विभिन्न शीर्षकका ६ वटा कथाहरु समावेश गरिएका छन् ।

सबै कथामा बालबालिकाका जीवनका ससाना घटना र विषयवस्तुलाई सुन्दर ढङ्गले कथाकारले प्रस्तुत गरेकी छिन् । हरेक पृष्ठमा कथाका भावानुसारका चित्रपनि समावेश गरिएकोले बाल पाठकका लागि यो कृति ज्ञानवर्धक  नै छ ।

यस कथा सङ्ग्रह भित्र काउकुतीलाउने भूत शीर्षकको पहिलो कथामा आब्बुई लौन भूतले फेरि काउकुती लगायो । अब के गर्ने होला? दिदीलाई पनिककति उठाउनु ? शर्मिलाले मनमनै भनी र बत्ती बाली भनिएको छ । प्रेमको नयाँ घर शीर्षकको दोस्रो कथामा प्रेम पढाइमा अब्बल थियो । उसले नर्सरी केजीहुँदै एक क्लासमा पनि सबैलाई उछिनेर पहिलो नम्बरमै पास गर्यो  । त्यसपछि झन् उसका बाबाआमाको खुसीमा सीमा रहेन भनिएको छ ।
उनका हरेक कथा ज्ञान बर्धक  शिक्षा दिने खालका छन् । बालबालिकालाई सत्मार्गमा डोर्याउन , असल चरित्रवान बन्न, नैतिकता सिकाउन उनका कथाहरु अब्बल मानिन्छन् । साना नानीबाबुलाई रमाइलो ढङ्गले ज्ञानगुनका कुरा सिकाउने कथाहरु समावेश गरिएका छन् ।

ल्यापटपले ल्याएको खुसी शीर्षकको कथामा मीराकीआमाले छोरीले ल्यापटप किनिदिनु भएको कुरा मीराको बाबालाई दोहो¥याएर सुनाउछिन् । पत्नीका कुरा सुनेर श्रीमान् रमेशले हुँदैन अचेल केटाकेटीहरु पढ्नै छाडेर साइबरमा झुम्मिएको देखिन्छ भन्दछन् ।

घरमै ल्यापटप, कम्प्युटर भयो भने त झन् खानै बिर्सन्छन् होला । ल्यापटप किनिदिएपछि पढाइ कमजोर भएर छोरी फेल भइ भने उता स्कुल फि खर्च, यता ल्यापटप किन्दाको खर्च दोहोरो नोक्सान मात्रै हुन्छ भनेर फतफताउदै बाहिर निस्कन्छन् भनिएको छ । प्यारी हजुरआमा शीर्षकको बालकथामा नातीको मायाले हजुरआमाको मन पुलकित भएछ ।उनको वात्सल्य छल्केर आयो अनि दुई हातले नातीलाई अँगालेर छातीमा टाँसिरहिन् कथाकारले भनेकी छिन् ।
बालसाहित्यले नयाँ ज्ञान र सीप सिकाउछ । असलचरित्र निर्माण गर्ने प्रोत्साहन गर्छ । सत्मार्ग तर्फ लैजान्छ । हरेक मानिसको जीवनमा बाल्यकालका भोगाइ र अनुभव अत्यन्तै रोचक हुन्छन् । बालकथाले रमाइलो ढङ्गले बालबालिकालाई धेरैभन्दा धेरै ज्ञानगुनका कुरा सिकाउछ जुन कुरा हामीले यत्तिकै भनेर सिकाउन सकिरहेका हुंदैनौ वा बालबालिकाले नै ती कुरा बुझ्न सकिरहेका हुंदैनन् ।

बाल कथामा कलम चलाउने गङ्गाले बालबालिकालाई अझ बढी माया गर्छिन् । स्याबास श्याम शीर्षकको अन्तिमकथामा बिरामी श्याम सचेत भएको देखेर डाक्टर खुसीहुँदै स्याबास भनेर पिठ्युमा धाप मार्छन् । श्याम घर फर्केपछि गाउँभरि, स्कुलभरि घाँटी दुख्नेहरु कोही छन् ?भनेर सोधीखोजी गर्दै अस्पतालमा जँचाउन लगे भनिएको छ । आफ्नो छोराछोरीको ज्यान बचाउन सहयोग गरेको भनी अभिभावकहरुले श्यामलाई स्याबास भनेको कुरा लेखिएको छ ।
कथाकार गङ्गाकाकथाहरु काँचो बालमस्तिष्कलाई परिपक्व बनाउने खालका छन् । बालबालिकालाई सचेत गराउन उनका कथाले धेरै मद्दत पु¥याउनेछन् । हरेक बालबालिका कथा सुन्न र भन्न इच्छुक हुन्छन् । उनीहरुलाई वरिपरि राखेर हजुरबाहजुरआमाहरुले कथा सुनाउने चलन पुरानै हो ।

तीबालबालिकाले जस्तो कथा सुन्छन्, पढ्छन् उनीहरुको काँचो दिमागपनि त्यतै मोडिने गर्छ । भूतकाकथा सुनायो भने उनीहरु डराउने हुन्छन्। उनीहरुका लागि कथाकार गङ्गाकाकथा धेरै पढ्न उपयोगी छन् । यस्ता कथाले बालबालिकालाई निकै सकारात्मक प्रभावपार्ने हुन्छ । बुक्स हिमालयले प्रकाशन गरेको यस कृतिको मूल्य रु.९९।– राखिएको छ भने यो कथासङ्ग्रह ३० पृष्ठको छ । अन्त्यमा गङ्गाका भविष्यमा अरु राम्रा राम्रा कृतिहरु पढ्न पाउने ठूलो आशा राखेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।