गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बिद्यार्थी शिक्षक पुनर्ताजगी कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बिद्यार्थी शिक्षक पुनर्ताजगी कार्यक्रम सम्पन्न

 

कपन अनलाइन

काठमाडौं असार १८।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आयोजनामा बिद्यार्थी शिक्षक पुनर्ताजगी कार्यक्रम अन्तर्गत बिद्यार्थी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालनमा रहेका उत्तरबाहिनी बोर्डिंग स्कुल, गोकर्णेश्वर महादेव बोर्डिंग स्कुल, कान्ति भैरब गुरुकुल स्कुल,स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर लाइट एकेडमी गोकर्ण माबी, सहयोगी माबीका शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको छ। सुनगाभा पार्टी प्यालेसमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम  महतको अध्यक्षतामा भएको कार्यक्रममा  निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, कार्यपालिका सदस्य गौरी श्रेष्ठ ,वडा सदस्य राजेश श्रेष्ठ,वडा सचिब नवराज सेन,लगायत बिद्यार्थी शिक्षक र अभिभावकको  उपस्थिति रहेको थियो । गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्यले संचालन गरेको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले  स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका  थिए ।

उनले  आजका बालबालिकाहरुमा लाखौँ संभावनाहरू रहेको बताए ।  यसैले भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबिच हातेमालो गर्न आवश्यक रहेको बताउदै बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने बताए ।  उनले आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्ना तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्नेमा जोड दिदै  बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबिच अभिभावकले सल्लाह र सुझाव लिनु दिनु जरुरी रहेको बताए ।

कार्यक्रममा  महानगरी प्रहरी प्रभाग बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले साइबर सुरक्षा लागूऔषध दुर्व्यसन, र अपराध यौन दुर्व्यवहार लगायतको बिषयमा प्रशिक्षण प्रदान गरेको कार्यक्रममा प्रशिक्षक  इश्वर श्रेष्ठले बालबालिकाको आनीबानी सुधार उनीहरुको व्यवहार लगायत उनीहरुको मनोभावना बुझी गरिने व्यवहार लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए।कार्यक्रमका अध्यक्ष  जयराम महतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुग्ने धारणा राखेका थिए  । उनले  कतिपय अवस्थामा बालबालिकामा सक्षमता हुँदा हुँदै पनि सही मार्ग निर्देशनका अभावमा लक्ष्य निर्धारणमा कठिनाइ हुने हुँदा यस्तो अवस्थामा अभिभावक र  शिक्षक पनि   उत्प्रेरक र  सहजकर्ताको भूमिकामा रहनु पर्ने भएको कारण कार्यक्रम आयोजना गरिएको बताए l उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताएका थिए l

तपाइँको प्रतिक्रिया ।