मृत्युु : श्रीराम राई (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
कोरोना महामारी विश्वभर फैलिँदै थियो । जताततै अप्ठ्यारो नै अप्ठ्यारो थियोे । भर्खरै लकडाउन खुलेको थियोे । खोटाङकी ठूलीमाया पेट बढ्दै गएकोमा घरपरिवारमा खुसीको झलमल्ल घाम लागेको थियो ।
साँझ बिहान हुँदै गएकाले घरपरिवारले उनलाई जिल्ला अस्पताल खोटाङ लगे । दक्ष जनशक्ति तथा स्तरीय सामग्रीको अभावमा त्यहाँ उपचार हुन सकेन र अस्पतालले अन्तै लाने सल्लाह दिए । लकडाउन खुले पनिजताततै संकटै संकट थियोे । संकटको बेला नेताहरू समाते, आफन्तहरू गुहारे र हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याइयो ।
उनले नानीपाइन् । शल्यक्रियामा समस्या देखियो । उनको स्वास्थ्यमा समस्या देखिँदै गयो ।उनी आफन्तकोमा बसेर अस्पताल धाउन थालिन् । तीन हप्तापछि अत्यधिक रक्तस्राव भयो र उनको ज्यानै गयो ।
स्थिति अनुकूल नभएपनि नाराजुलुस र धरपक्कड भयो । आखिर जे गरे पनिअन्तिममा मिलाउनै पर्ने भयो । ठूलै पावर लगाए पनि नहुने कुरा भइसकेको थियोे । नगरपालिकाले नानीलाई शिक्षा दीक्षा दिने र ठूलो भएपछि रोजगार दिलाउने आश्वासन दिए । अस्पतालले केही आर्थिक रकम दिलाए ।
पोस्टमार्टम गरियो । रिपोर्टमा कोरोना भाइरसको कारण आमाको मृत्यु भएको थियो तर नानीको रिपोर्ट चाहिँ नेगेटिभ आएको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक