पीडा : खोनगिर नोमोजोभ (उज्वेकिस्तान )

पीडा : खोनगिर नोमोजोभ (उज्वेकिस्तान )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

प्रेम मेरो शरीरमा मिसिएको छ,
तर म प्रेम गीत गाउन मद्दत गर्न सक्दिन कसैलाई
मैले लेखेका प्रत्येक कविता
मैले सत्यको लागि दिएको शपथ हो ।

तिमीले मेरो आँखामा देखेका झिल्काहरू
के स्वर्गबाट आउँछन् ?
अनि मनमा चाहनाहरु फुल्न थाले
तिमीले कहिल्यै नदेखेका सपनाहरु हुन् र ?

मेरो आशा कहिल्यै ओइलाउने छैन, सुक्नेछैन
वसन्तले मेरो आत्मालाई सधैं फुलाई रहनेछ ।
त्यहाँ ठूलो पीडा छ तर पनी सक्षम छ
मेरो नसा र हड्डीहरूमा फुल्न ।

म सर्वशक्ति प्रेमबाट बनेको हुँ
के जीवनलाई थाहा छ म को हुँ?
मेरो सानो शरीरमा, मेरो सानो छातीमा
म मा कति प्रतिभा र माया छ ?
के जिन्दगीलाई थाहा छ म को हुँभनेर ?

(अनुवाद : कमल ढुङ्गाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।