ओखलढुंगा मानेभन्ज्याङ्ग -७ टोक्सेलमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

ओखलढुंगा  ,बैशाख ९।

ओखलढुंगा मानेभन्ज्याङ्ग -७ टोक्सेलमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेकपा एमालेमा प्रवेस गरेका छन। विभिन्न राजनीतिक दलमा सक्रिय रहेर अहिले नेकपा एमालेमा प्रवेस गरेकाहरुलाई ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले स्वागत गरेका थिए।

सो अवसरमा रमेस खपांगी , श्याम गौतम , हर्क बहादुर दर्जी ,कृष्ण बहादुर राना , पेशल गौतम ,प्रेम बहादुर नेपाली , हंस बहादुर माझी , काले बिक ,अर्जुन गौतम सहित करिव 50 जना नेकपा एमालेमा प्रवेस गरेका थिए।

केहि समय अगाडी नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका  अध्यक्ष सहित कमिटी नै नेकपा एमालेमा प्रवेस गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।