ध्रुवतारा स्कुल बुढानिलकण्ठमा सिभिल इन्जिनियरिङ् विषय अध्ययनको अवसर,छात्रवृति सम्बन्धि सूचना !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित ध्रुवतारा इङ्ग्लिस स्कुलले शैक्षिक सत्र २०७९ बाट प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ्  विषयमा कक्षा ९-१२ अन्तर्गत कक्षा ९ संचालन गर्न भर्ना आव्हान गरेको छ ।

उक्त विषयमा अध्ययन गर्न चाहने यस नगरपालिकामा स्थायी बसोवास भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोटा उपलब्ध गराईने भएकोले स्थायी बसोबास गरेको सिफारिस सहित बिद्यालयले तोकेको योग्यता पुगेका विद्यार्थीहरुले  एक महिना भित्र विद्यालय अथवा नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखामा निवेदन दिन विद्यालयले अनुरोध गरेको छ ।

आवश्यक न्युनतम योग्यता: कक्षा ८ को परीक्षामा अंग्रेजीमा D+, विज्ञान र गणितमा C ग्रेड .

सिफारिस गर्ने विद्यार्थी संख्या: बढीमा १० जना (नगरकोटी २, दलित २ र अन्य ६ (यस अन्तर्गत सम्बन्धित विद्यालयमा अध्ययनरत छात्र १ र छात्रा १ गरी जम्मा २ जना सहित ।

निवेदन दिनको लागि शैक्षिक योग्यता शैक्षिक सत्र २०७८ मा कक्षा ८ उतीर्ण गरेको हुन पर्ने छ ।

 

तपाइँको प्रतिक्रिया ।