कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कहाँ छ ?

कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कहाँ छ ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  कागेश्वरी मनोहरा   नगरपालिकामा  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।नगरपालिकाको वडा नं  ५ थली  स्थित राधाकृष्ण मन्दिरमा रहेको  राम कृष्ण सेवा समाजको भवनमा   निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत   सारदा  राउतले   निर्वाचन कार्यतालिका सार्वजनिक गरेकी छन  । राउतलाई कागेश्वरी मनोहरा नगरपालिकामा   स्वागत  गरिएको थियो  ।  कागेश्वरी मनोहरा   नगरपालिकाको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि   अधिकृत  राउतले  निर्वाचनको तयारीका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने भएकी  छन ।वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।