भोलि बैशाख ९ गते गोल्फुटारमा नेकपा एमाले बुढानिलकण्ठले शक्ति प्रदर्शन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

भोलि बैशाख ९ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ८  गोल्फुटार बास्केटबल मैदानमा नेकपा एमालेले शक्ति प्रदर्शन गर्ने भएको छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर नेकपा एमालेले बृहत सभा आयोजना गर्दै निर्वाचन परिचालन कमिटी घोषणा गर्न लागेको हो।

बैशाख ९ गते बिहान ७ बजे देखि ९ बजे सम्म हुने सो कार्यक्रममा सम्पूर्ण संगठित सदस्य ,नेता तथा कार्यकर्ता ,समर्थक सुभचिन्तक सहित सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि अनुरोध गर्दै नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले सो कार्यक्रममा अग्रज कम्युनिस्ट व्यक्तित्वहरुलाई सम्मान पनि गर्ने जानकारी दिएका छन।

उक्त कार्यक्रममा सहभागिताका लागि व्यापक प्रचार र सम्पर्क गर्नका लागि सम्पूर्ण कमिटीहरुलाई निर्देशन दिदै उनले सोहि कार्यक्रममा नगरको निर्वाचन प्रतिवदत्ता   पत्र समेत सार्वजनिक गर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।