कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका प्रेम थापाको दावी

कपन अनलाइन

काठमाडौँ, बैशाख ८ । स्थानीय चुनाव नजिकिदै गर्दा कागेश्वरी मनोहरा  नगरपालिकामा  उम्मेदवारको चर्चा शुरु भएको छ ।  निर्वाचनको मिति घोषणा संगै दलका कार्यकर्ता चुनाब केन्द्रित हुन थालेका छन ।हुन त सबै दलले हालै मात्र महाधिवेशन सम्पन्न गरेका छन् जसले पार्टीको आन्तरिक रुपमा कार्यकर्तालाइ क्रियाशील बनाउन सहयोग पुर्याएको छ , त्यस कारण पनि स्थानीय निर्वाचन मा दलको प्रचार प्रसार राम्रै हुने देखिन्छ ।

खासगरी सत्तारुढ दल नेपाली काँग्रेसबाट  कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ४ को अध्यक्ष   को उम्मेदवार बन्छ भन्ने विषय चासोका साथ हेरिएको छ । २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा  तरुण दल अध्यक्ष  प्रेम थापाले कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ४को वडा अध्यक्ष पदमा उम्मेदवारका रुपमा दावी गरेका छन।

लामो  समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका  थापाले    सबैको  साथ र सहयोगले   वडा अध्यक्ष पदमा चुनाव जित्ने दाबी गरेका छन । राजनीति संगै समाजसेवामा सक्रिय रहेका थापा ब्रम्हदिप युवा क्लबका पुर्व अध्यक्ष समेत हुन भने टोल सुधार समितिको अध्यक्ष हुदै हाल डांछी भद्रबास खानेपानीका सचिब समेत हुन ।

राजनीतिलाइ सेवालाइ  रपमा लिएर जनताका काममा निरन्तर लाग्ने वडाको  विकास तथा समृद्दिका लागि सम्बन्धित निकायहरू सँगको  सहकार्यमा काम गर्ने योजना बनाएका थापाले वडालाइ  स्वच्छ हराभरा  बनाई हरेक टोलमा खानेपानीको पहुँच पुर्याउने योजना रहेको समत बताउछन ।

सानै उमेर देखि सामाजिक काममा लागेका थापा सरल स्वभावका सबैसँग मिलनसार रहेकोले उनलाई राजनीतिमा होमिन समर्थकहरू दबाब रहेको उनि बताउछन  । समाजका हरेक क्रियाकलापमा साथ दिदै आएकाले पनि जनताले साथ दिने उनको भनाई छ । समाज र जनभावना अनुसार सभ्य र विकसित समाज निर्माणमा युवा भुमिका महत्वपूर्ण हुने र युवा नेतृत्व आजको आवश्यकता रहेको भन्दै वडा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।